Section 81
म्याद जारी तथा कारबाही र किनारा
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएतापनि यस ऐन अन्तर्गतको कसूरको सिलसिलामा भन्सार अधिकृत वा निजले अधिकार प्रदान गरेको भन्सार कार्यालयको अन्य अधिकृत कर्मचारीले सम्बन्धित व्यक्तिका नाममा शुरु म्याद जारी गर्दा तोकिए बमोजिम जारी गर्नेछ ।

(२) उपदफा (१) बमोजिम जारी भएको म्याद थमाउन पाइने छैन ।

(३) यस ऐन बमोजिम दर्ता भएको मुद्दा भन्सार अधिकृतले सामान्यतया तीन महिनाभित्र किनारा गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र किनारा गर्न नसकेमा सोको कारण खुलाई महानिर्देशकलाई जानकारी दिनु पर्नेछ ।